राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित, योजना आयोगमा भट्ट नियुक्त

84

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो । अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो । पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।

यसैगरी, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा। भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

समाचार वर्गहरू