रास्वपाद्वारा मन्त्रीमण्डलको सूची तय : बालेन्द्र पक्षबाट ४, बाँकी रवी पक्षधरको रहने सहमती

53

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अत्याशित रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत सिट प्राप्त गरेसंगै नयाँ सरकारका गठनकालागि आन्तरिक गृहकार्य सुरु गरेको छ । गोप्य रुपमा प्राप्त सूचनाअनुसार अहिले निर्वाचनबाट निर्वाचित सांसदहरुमध्यबाट कसकसलाई मन्त्री बनाउन भन्ने बारे बालेन्द्र साहको आह्वनमा छलफल भएको बताइएको छ ।

स्रोतले दिएको जानकारी अनुसार बालेन्द्रको बिश्वासपात्र कुमार बेनको घरमा बुधबार बिहान ८ बजे देखि १२ बजे सम्म बसेको ४ घन्टा लामो छलफलबाट प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको खाका तयार गरेको बताइएको छ । सो छलफलमा १२५ जना सांसद मध्य हाललाई १८ जना मन्त्री बनाउने गरी लगाभग नाम टुङ्गो लागेको बताइएको छ ।

बाहिर बाहिर बालेन्द्र साहलाई प्रधानमन्त्री नबनाउने प्रचार भैरहेको बेला नेतृत्व तहमा बसेका नेताहरुले ‘जेन्टलमेन’ सहमति गरेर बाहिरको हल्लालाई बेलैमा संका हटोस भनेर बैठक आयोजना गरिएको बालेनका सहयोगी कुमार बेनले बताएका छन् ।

सो छलफबाट प्रधानमन्त्री बालेनको तर्फबाट ४ जना र पार्टी अध्यक्ष रबी लामिछानेका तर्फबाट १४ जनालाई मन्त्री परिषद्मा सहभागी गराउने लगभग टुङ्गो लागेको स्रोतको भनाई रहेको छ । प्रधानमन्त्री सहित बालेनको तर्फबाट राजुनाथ पान्डे, केपी खनाल र डा. अमरेश कुमार सिह मन्त्री परिषद्मा सहभागि हुने लगभग पक्कापक्कि भएको छ ।

भने बाँकी रबी लामिछानेको तर्फबाट उपप्रधानमन्त्री उपाध्यक्ष डिपि अर्याललाई गृहमन्त्री बनाउने सहमति भएको बताइएको छ । दुई उपाध्यक्ष वाग्ले र अर्याललाई साथमा लगेर पुगेका लामिछानेले शुरुमा दुई उपप्रधानमन्त्री बनाउने भने पनि बालेनले एउटै पार्टीको सरकार हुँदा दुई उपप्रधानमन्त्री राख्नु देख्नेलाई पनि लाजमर्नु हुने भएकाले एक जनामात्र गराउनेृ भनेपछि रबी चुप बसेको बताईको छ । दुबैले उपप्रधानमन्त्रीको चाहना राखेकोमा आधा÷आधा अवधि उपप्रधानमन्त्री हुने गरि पहिलो चरणमा अर्याल र दोश्रो चरणमा वाग्लेलाई राख्ने सहमति भएको समेत बताइएको छ ।

सभामुखमा पुर्व उपसभामुख इन्दिरा राना र उपसभामुखमा स्वतन्त्र सांसद म्याग्दीका महाबिर पुनः लाई राख्ने सहमति भएको समेत बताइएको छ । सभामुख र उपसभामुख एउटै पार्टीबाट बनाउन नमिल्ने भएकोले पुनको नाम अघि सारिएको समेत बताइएको छ ।

रमाइलो त यस्तो छ की अहिले मन्त्री हुने धेरै जसो नेताहरु यस अघि सांसद र चर्चित नेताहरु जो पाओरफुल स्थानमा भएकाहरुकै स्थानबाट मन्त्रीमा राखेर अघि बढाउने समेत सहमति गरिएको बताइएको छ ।

एमाले महासचिब शंकर पोख्रेललाई पराजित गरेका बिपिन आचार्य एमाले उपाध्यक्ष बिष्णु पौडेललाई हराएका सुलभ खरेल गुल्मी १ बाट एमालेका पुर्व उपमहासचिव प्रदिप ज्ञवालिलाई हराएका सागर ढकाल, महेश बस्नेतलाई हराएका राजीब खत्री, कुलमान घिसिङ्गलाई हराएका राजुनाथ पान्डे, पुर्वप्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई हराएका डा.तारानाथ जोशी, काङ्ग्रेस सभापति तथा युबा नेता गगन थापालाइ हराएका डा अमरेश कुमार सिह अघिल्लो निर्वाचन मै एमालेका सुरेन्द्र पान्डेलाई हराएका हरि ढकाल, प्रचन्ड सुपुत्री रेणु दाहाललाई हराएकी सोबिता गौतम, काठमाडौबाट पुर्व महामन्त्री गगन थापाको क्षेत्रबाट निर्वाचित पुकार बम, आदी परेको बताइएको छ ।

बुधबार १८ जनाको बारे छलफल भए भने पनि २१ जना मन्त्री र तिन जना राज्यमन्त्री बनाउने गरि सहमति गरिने तयारी गरेको समेत स्रोतले जनाएको छ । जसमा राज्यमन्त्री मध्य गृहमा पुर्व एआइजी बिश्वराज पोख्रेल, मोरङबाट चर्चित नेता सुनिल शर्मालाई हराएका गणेश कार्की र जुम्लाबाट निर्वाचन हारेकी बिनिता कठायतलाई ६ महिनाका लागी मन्त्री बनाउने समेत कुरा भएको तर निर्णय भने नभई सकेको स्रोतले जनाएको छ ।

यस्तो छ मन्त्रीमण्डलको सूची:-

प्रधानमन्त्री : बालेन्द्र साह
उपप्रधानमन्त्री तथा गृहमन्त्री : डोलप्रसाद अर्याल
अर्थमन्त्री  : स्वर्णिम वाग्ले
स्वास्थमन्त्री:  डा. तोसिमा कार्की
सामन्य प्रशासनमन्त्री: बिपिन आचार्य
भौतिक योजनामन्त्री: सागर ढकाल
शिक्षामन्त्री : मनिष झा
कानुनमन्त्री : सबिता गौतम÷यज्ञमणि न्यौपाने (मध्ये एकजना)
कृषिमन्त्री : हरि ढकाल
श्रममन्त्री/कानुनमन्त्री : यज्ञमणि न्यौपाने
सहरी बिकासमन्त्री : केपी खनाल
रक्षामन्त्री : राजुनाथ पाण्डे
भुमिसुधारमन्त्री : अमरेश कुमार सिह
बनमन्त्री : शुलभ खरेल
युबा तथा खेलकुदमन्त्री : पुकार बम
खानेपानी मन्त्रालयमन्त्री : सुदन गुरुङ्ग
सुचना तथा सञ्चारमन्त्री : राजीव खत्री
परराष्ट मन्त्री : डा ताराप्रसाद जोशी (डडेलधुरा)

समाचार वर्गहरू