रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने

82

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डीपी अर्याललाई सभामुखमा अघि सार्ने भएको छ। आज (बिहीबार) भएको संसदीय दलको बैठकले सभामुखमा अर्याललाई सार्ने निर्णय गरेको हो।

दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। बैठकले सर्वसम्मत रूपमा रविले प्रस्ताव गरेको अर्यालको नाम पारित गरेको हो।

अर्याल अहिले पार्टीको उपसभापति पदमा छन्। सभामुख बनेपछि उनले पार्टीबाट राजीनामा दिनुपर्ने हुन्छ।

समाचार वर्गहरू