काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो।नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६ दशमलव ७१ प्रतिशतले वृद्धि गरिएको छ ।
- सार्वजनिक यातायात : १६.७१% वृद्धि
- पहाडी क्षेत्र (ढुवानी) : २१.६८% वृद्धि
- तराई क्षेत्र (ढुवानी) : १५.७५% वृद्धि
त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१ दशमलव ६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५दशमलव ७५ प्रतिशतले समायोजन गरिएको छ ।
विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको विभाग स्रोतले बतायो । यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अन्य प्राविधिक कारण देखाउँदै भाडा समायोजन गरेको भन्दै नीजि व्यवसायीको बचाउ सरकारले गरेको छ । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्न सक्ने देखिएको छ।