एजेन्सी – एट्लेटिको मड्रिडलाई हराउँदै आरबी लाइपजिग च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बिहिबार राति एट्लेटिकोमाथि २–१ को जित निकाल्दै लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम ४ मा प्रवेश गरेको हो ।
लाइपजिगले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि वैकल्पिक खेलाडी जोआओ फेलिक्सले एटलेटिकोलाई खेलमा फर्काएका थिए ।
एट्लेटिकोका जोआओ फेलिक्सले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेल सकिन दुई मिनेट बाँकी छदाँ टायलर एडम्सले गोल गर्दै लाइपजिगलाई जित दिलाएका थिए ।
सन् २०१४ र २०१६ को उपविजेता एटलेटिकोले खेलको अन्त्यतिर रक्षात्मक भएर खेलेको थियो र यो महँगो सावित भयो । लाइपजिगले अब सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ ।