लागूऔषध गाँजासहित काठमाडौंबाट ४ पक्राउ

57

(काठमाडौं) – अवैध लागूऔषध गाँजासहित काठमाडौंबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–९ खबासबस्तीबाट १ केजी ३ सय ५० ग्राम गाँजा सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका–५ बस्ने २३ वर्षीय रंजन विष्ट, कीर्तिपुर नगरपालिका–७ घर भएका २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ लगायत ४ जना रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग मच्छेगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू