लागूऔषध गाँजा सहित सलार्हीबाट २ पक्राउ

58

(सर्लाही) – लागूऔषध गाँजा सहित सलार्हीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–१५ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका–८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका‘१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार वर्गहरू