लिभरपुलसँग आर्सनल ३–१ गोलले पराजित

48

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ । साेमबार राति एनफिल्डमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।

एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुलको जितमा फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गरे । एलेक्सान्द्रे लाकाजेटले गरेको गोल सान्त्वना गोल बन्यो ।

खेलको २५ औं मिनेटमा आर्सनलले एलेक्जेन्डर लेकाजेटको गोलबाट अग्रता लियो । त्यसको तीन मिनेटपछि साडियो मानेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ३४ औं मिनेटमा लिभरपुलले अग्रता लियो । लिभरपुलका लागि रोबर्टसलने गोल गर्दै आफ्नो टिमलाई २-१ गोलले अघि बढाए ।

खेल सकिन दुई मिनेट अघि यसै सिजन लिभरपुल आएका फरवार्ड डियोगो जोटाले एनफिल्ड क्लबका लागि तेस्रो गोल गरे । जोटाले ८८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए । उनले लिभरपुलबाट डेब्यु खेलमै गोल गर्न सफल भए ।

यसअघि लगातार दोस्रो खेलमा जित निकालेको आर्सनल तेस्रो खेलमा भने पराजित भयो । लिभरपुलले भने शतप्रतिशत जित सहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

लिग अन्तर्गत सोमबार भएको अर्को खेलमा एस्टन भिल्लाले फुलहमलाई ३-० गोलले पराजित गरेको छ । लगातार दोस्रो खेलमा जित निकालेको एस्टन भिल्ला ६ अंक जोडेर अंक तालिकको चौंथो स्थानमा छ । भिल्लाको यो लगातार दोस्रो जित हो । फुलहमको लगातार तेस्रो हार हो । एस्टन भिल्ला चौंथो स्थानमा रहँदा फुलहम अंकविहीन हुँदै पुछारमा छ ।

समाचार वर्गहरू