वाणिज्य विभागका नासु पोखरेल घूस रकमसहित पक्राउ

16

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका नायव सुब्बा पुरुषोत्तम पोखरेल घूस रकमसहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग १ हजार घूस लिँदै गरेको अवस्थामा नासु पोखरेललाई आयोगको टोलीले शुक्रबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो । नासु पोखरेल फाराम शाखामा कार्यरत थिए । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

समाचार वर्गहरू