विराटनगर नाकाबाट दुई दिनमै भित्रीयो ३ लाख ४५ हजार किलो एलपी ग्यास

66

काठमाडौं – देशैभर खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला विराटनगर भन्सार कार्यालयबाट दुई दिनमा ३ लाख ४५ हजार ७ सय ८३ किलो ग्यास नेपाल भित्रिएको छ ।

भन्सार कार्यालयका अनुसार पछिल्ला दुई दिनमा उक्त परिमाणको एलपी ग्यास आयात भएको हो ।  बजारमा ग्यासको आपूर्ति घट्दै जाँदा उपभोक्ताले समस्या भोगिरहेका बेला ठूलो परिमाणमा ग्यास भित्रिएको हो ।

भन्सार स्रोतका अनुसार आयात गरिएको ग्यास विभिन्न ग्यास उद्योगमार्फत देशका विभिन्न क्षेत्रमा पठाइनेछ । यसले बजारमा देखिएको ग्यास अभाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

समाचार वर्गहरू