विवरण बुझाउन ब्राेकर कार्यालयलाई बाेर्डकाे निर्देशन

18

(काठमाडाैं) – नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सम्पूर्ण आर्थिक विवरण बाेर्डमा बुझाउन ब्रोकर कार्यालयलाई निर्देशन दिएकाे छ ।

बोर्डले मंसिर १८ गते ब्रोकरहरुलाई पत्राचार गरेर सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यबिधिको प्रतिलिपि ७ दिनभित्र अनिवार्य रूपमा बोर्डमा बुझाउन पनि निर्देशन दिएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनमा भएकाे व्यवस्था बमाेजिम लगानीकर्ताकाे विवरण राख्नु पर्ने भएकाेले ब्राेकर कार्यालयमा पत्र काटिएकाे बाेर्डले जनाएकाे छ ।

निर्देशन अनुसार बोर्डले लगानीकर्तामाथि थप निगरानी गर्न खोजेको आरोप लगानीकर्ताकाे छ ।

पत्रमा लगानीकर्ताकाे जाेखिम पहिचान गरी साे अभिलेख बाेर्डमा पठाउने बिषयलाइ ब्राेकरहरूले गंभीरतापूर्वक लिएका छन् ।

समाचार वर्गहरू