वीरगञ्जमा उपचाररत एक संक्रमितको मृत्यु

65

पर्सा – कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचार गराइरहेका बाराका एक वृद्धको मृत्यु भएको छ ।

उपचारको क्रममा बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।

९७ वर्षीय पुरुषको मंगलबार राति एक बजेको समयमा मृत्यु भएको डा. निरजकुमार सिंहले जानकारी दिए । भदौ १२ गते स्वाब संकलन गरेको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमण देखिएपछि भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो । गत शुक्रबार वीरगञ्जकै तराई अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नारायणीमा रिफर गरिएको थियो ।

समाचार वर्गहरू