वीरगञ्जमा साँझदेखि भोलि बिहानसम्म कर्फ्यु आदेश जारी

91

काठमाडौं – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुस २१ गते साँझ ६ः०० बजेदेखि भोलि पुस २२ गते बिहान ८ः०० बजेसम्मका लागि कर्फ्यु लगाएका हुन् ।

प्रशासनका अनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको सीमानाभित्र कफ्र्यू लागू हुनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यु आदेशमा उल्लेख छ ।

कर्फ्यु जारी भए तापनि एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई आवश्यक पहिचानका आधारमा आवत–जावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।

photo_7d72778f-1767620371.jpeg

समाचार वर्गहरू