शहरी विकास कार्यालय इलामका इन्जिनियर घूससहित पक्राउ

45

(काठमाडौं) – शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

घूस लिएको आरोपमा कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेतलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

बस्नेतले झापामा सडक ग्राबेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घूस माग गरी प्राप्त गरेको घूस बापतको रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई भुक्तानी लिने गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

समाचार वर्गहरू