शिक्षकसँग वार्तामार्फत समाधान खोजिनेछ – प्रधानमन्त्री

117

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संवादमार्फत शिक्षकहरूसँग समस्याको समाधान खोजिने बताएका छन्।

सोमबार (आज) अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराई, मुख्य सचिव एकनारायण अर्याल तथा सचिवहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग संवादमार्फत समस्याको छिटो समाधान खोजिनेछ,’ उनले भनेका छन्।

यसअघि आजै प्रधानमन्त्री ओलीले शिक्षकहरू सडकमा सुत्न नपर्ने उल्लेख गर्दै वार्तामा आउन आग्रह गरेका थिए।

शिक्षकहरू विभिन्न मागहरूका साथमा गत २० गतेदेखी सडकमा प्रदर्शन गरिरहेका छन् ।

समाचार वर्गहरू