शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्ने

106

काठमाडौं – नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक कर्मचारी काठमाडौँका सडकमा आन्दोलनरत छन् । यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनको पाँचौं दिन आज सिट्ठी फुकेर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। आज बिहान ११ बजे सबैले एउटा एउटा सिट्ठीसहित माइतीघर मण्डला आउने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले बताए ।

शिक्षकहरूले वार्ताको औचित्य नै नभएको बताउँदै आएका छन्। सरकारले वार्ताका लागि पटक पटक आह्वान गरेको छ । तर, शिक्षकहरू वार्ता भन्दा ऐन चाहिएको भन्दै वार्तामा नजाने अडान लिँदै आएका हुन।

समाचार वर्गहरू