महेन्द्रनगर । मधेस प्रदेशका सभामुख रामअशिष यादवले शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव नभएकाले शिक्षाको दिगो र प्रभावकारी विकासमा जोड दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् । जनकपुरधामस्थित हिमाली अङ्ग्रेजी बोर्डिङ स्कुलको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले मधेसको शिक्षाको अवस्था अत्यन्त कमजोर रहेकाले सबैको सहकार्य र समन्वयबाट सुधार गर्दै समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।
सभामुख यादवले मधेस प्रदेशको शिक्षामा गुणस्तरीयता कायम गर्न र सबै वर्गका बालबालिकामा पहुँच पु¥याउनका लागि तीनै तहका सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले प्रदेशको आर्थिक, समाजिक र सांस्कृतिक क्षेत्रको विकासका लागि अनुशासनसहित शिक्षा आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आ–आफ्नो बालबालिकालाई नैतिकवान् र चरित्रवान् बनाउनुपर्ने विचार व्यक्त गरेका छन् । सो विद्यालायका संस्थापक रमेश साहले विद्यालायले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएका छन् ।