शुक्रबारबाट मेड इन नेपाल एक्स्पो – २०७६

17

काठमाडौं — दसैंको अवसर पारेर भोलिबाट मेड इन नेपाल एक्स्पो–२०७६ आयोजना हुने भएको छ । साना उद्योगलाई प्रवर्द्धन गर्न नेपाली युवा उद्यमी मञ्चले ललितपुर सानेपाको हेरिटेज गार्डेनमा एक्स्पो आयोजना गर्न लागेको हो । सातौं संस्करणको एक्स्पो पर्सि शनिबार सम्म चल्नेछ ।

मञ्चका अध्यक्ष निकोलस पाण्डेले एक्स्पोको तयारी सम्पन्न भएको जानकारी दिए । प्रदर्शनमा राखिएको उत्पादन तथा सेवा नेपाली हुने उनले बताए । दसैं लक्षित मेलामा पाइने सामानहरू गुणस्तरयुक्त र बाहिर भन्दा सहुलियतमा पाइने उनको भनाइ छ ।

नेपालमै बनेको उत्पादनहरूको एकल प्रदर्शनी, देशभित्र रहेका स्वदेशी उत्पादनको विस्तार, लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जनामा सहयोग पुऱ्याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

गायक सविन राई र कालिप्रसाद बाास्कोटाको सांगीतिक प्रस्तुति, नेवारी बाजागाजाको प्रस्तुति, फुड स्टल, विभिन्न नेपाली उत्पादनको प्रदर्शन तथा बिक्री मेलाको प्रमुख आकर्षण रहनेछ । मेलामा नेपाली उद्योगको उत्पादन स्टिल, रड, कपडा, हस्तकलाका सामग्री, शृंगार, जुत्तालगायत प्रदर्शनीमा समावेश गरिएको छ ।

समाचार वर्गहरू