शुक्रबार एकैदिन १८ जनामा संक्रमण, संक्रमितको संख्या २६७

51

(काठमाडौं) – शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षण थप ९ जनामा संक्रमण देखिएको हो । पर्साको वीरगञ्ज महानगरपालिकाका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ तथा तुलसीपुर–७ का २३, ३६ र ३४ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, काठमाडौं सतुंगलका ७ वर्षीय बालक रहेका छन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यसअघि आजै बिहान पनि ९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

समाचार वर्गहरू