शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीसहित तीन जनामाथि सामूहिक बलात्कारको मुद्दा दर्ता

87

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीसहित तीन जनामाथि सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले नाम परिर्वतित ‘भैरहवा १५’ लाई अध्यक्ष चौधरीसहितले सामुहिक बलात्कार गरेको मुद्दा दर्ता गरेको हो । मुद्दा दर्तासँगै गाउँपालिका अध्यक्ष चौधरीको पद धरापमा परेको छ । तर उनले आफू दोषी नरहेकाले कानूनी लडाइँमा जाने बताएका छन् ।

सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी, कमलेशरण चौधरी र सन्तकुमार यादवलाई सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ । मुद्दामा संलग्न रहेको आरोपमा सन्त कुमार यादव भने हाल पूर्वपक्ष ९थुनछेक० का लागि रूपन्देही कारागारमा छन् । पीडित पक्षका अनुसार, भैरहवा–१५ युवतीले २०८१ असोज ६ गते सामूहिक बलात्कार घटनामा चौधरीहरू र यादवको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । पीडितको गोपनीयता भंग गरेको आरोपमा कमलेशरण यसअघि साइबर क्राइम मुद्दामा पक्राउसमेत परेका थिए ।

तर तत्कालीन सरकारी वलिक कार्यालयले महान्यायधिवक्ताको दबावमा मुद्दा नचलाउने निर्णय गरी उन्मुक्ति दिएका थिए । पूरक जाहेरीमा इलाका प्रहरी कार्यालय बुटवलले मुद्दा दर्ता नगरेको भने पीडित युवतीले जिल्ला अदालतमा रिट दायर गरेपछि अदालतले इप्रका बुटवललाई मुद्दा अघि बढाउन निर्देशन दिएको थियो ।

उता चौधरीले फसाइएको जनाएका छन् । ‘मलाई मेरै घर आएर काका मेरो छोरी फलानोसित भागेकी छे भनेर मेरो छोरी जसरी नि फिर्ता गराउनु पर्यो भनी हारगुहार गरी आफू र आफ्नो ज्वाइँ, केटीसित भागेको केटाको काका र मलाईसमेत लगेर छोरी फिर्ता आपछि घरमा कुटपिट गरी पहिला केटामाथि मुद्दा अनि मैले उसको भनाई अनुसार बयान नदिँदा ममाथि ६ महिनापछि पूरक जाहेरीका रूपमा झूठा मुद्दा राखिन्,’ उनले भने, ‘मेरो चरित्र हत्या प्रयास अनि मेरो हत्या प्रयास पनि गरे, उद्धार गर्दा भोगीरा’छु, अब अर्को पूरक जाहेरीको तयारी भई र छ। यदि मैले त्यस्तो कुनै कुकर्म गरेको हो भने मैले सजाय पाउनु पर्छ यदि होइन भने मलाई फसाउने सिन्डिकेटलाई कानून र समाजले दण्डित गर्नु पर्छ।’

समाचार वर्गहरू