संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

80

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन्।

कार्कीले कडा प्रतिस्पर्धाका बीच आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछाडि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार, विजयी कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन्। कार्की र शेर्पाबीचको मतान्तर ६ सय ३६ रहेको छ ।

समाचार वर्गहरू