सञ्चारमन्त्री खरेलले दिए राजिनामा, ललितपुर–२ बाट उम्मेदवार बन्ने तयारी

70

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राजीनामा दिएका छन्। सञ्चार मन्त्रीले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर–२ मा उम्मेदवार बन्ने भएका हुन्। भोलि उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले उनले पदबाट राजीनामा दिएका हुन्।

सञ्चारकर्मीको पृष्ठभूमि भएका खरेल गत असोज ६ गते सञ्चार मन्त्री नियुक्त भएका थिए। रास्वपाबाट खरेल ललितपुर-२ मा चुनाव लड्दैछन्।

समाचार वर्गहरू