काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक सूचीसच्याउन माग गर्दै दुई जना नेतृ आमरण अनसन बसेका छन् ।
सूची सच्याउने माग राख्दै नानीमैया आचार्य र चम्पा अधिकारी आमरण अनसानमा बसेका हुन् । अधिकारी राप्रपाको महिला संगठनको सचिव हुन् भने आचार्य राप्रपाको केन्द्रीय उपाध्यक्ष हुन् ।
राप्रपामा समानुपातिक सूचीलाई लिएर अहिले नेताहरुबीच मतमभेद चलिरहेको छ ।