समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय एकता अपरिहार्य : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली

5

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चौतर्फी विकासका लागि भौतिक पूर्वाधारको निर्माण, सामाजिक अन्धविश्वासको अन्त्य र सुदृढ राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिउएका छन् ।

झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टीले सुरू गरेका विकासका आयोजनाहरूले जनताको जीवनस्तरमा परिवर्तन ल्याएको दाबी गर्नुभयो । समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सबै एकजुट हुनुपर्ने उनदे सो कुरा बताएका हुन । अध्यक्ष ओलीले आफू २६÷२७ सालदेखि नै यस क्षेत्रको विकासमा जोडिएको स्मरण गर्दै झापाको परिवर्तन आफ्नै आँखाले देखेको बताएका छन् ।

उनले विगतमा उपहास गरिएका हुलाकी राजमार्ग र ठूला पुलहरू आज यथार्थमा परिणत भएको बताएका छन् । विकासका कामहरू ठेकेदार वा इन्जिनियरको त्रुटिका कारण केही ठाउँमा रोकिएको भए पनि ती सबै समस्या समाधान गरिने उनको भनाइ रहेको छ । उहाँले गरिबी र पछौटेपनलाई संस्कृति मानेर बस्न नहुने भन्दै गुइँठा र दाउराको सट्टा बिजुली र स्वदेशी ग्यासको प्रयोग गर्नुपर्ने बताएका छन् ।

उनले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारेका छन् । उनले समाजमा रहेको बोक्सी प्रथा जस्ता कुप्रथालाई वैज्ञानिक चेतनाले चिर्नुपर्ने बताएका छन् ।

उनले शिक्षा नै विकासको आधार भएकोले हरेक जातजातिका बालबालिकालाई उच्च शिक्षासम्म पुर्‍याउन अभिभावकहरूलाई आग्रह गर्नुभयो । राजनीतिक रूपमा उहाँले एमालेको नेतृत्वमा मात्रै नेपालको अन्तर्राष्ट्रिय साख जोगिने र विकासले गति लिने दाबी गरेका छन् । उनले भ्रमको राजनीति गर्नेहरूबाट सचेत रहन र जातिवाद भन्दामाथि उठेर राष्ट्र निर्माणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

समाचार वर्गहरू