सरकारी कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध

27

काठमाडौं – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कर्मचारीलाई कार्यालय परिसर र पोशाकमा टिकटक सहितका भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न प्रतिबन्ध गरेको छ।

सबै सरकारी सुविधालिने कर्मचारीलाई यो नियम लागु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नेपाल सरकार गृह मन्त्रालय, गुनासो व्यवस्थापन शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सबै सरकारी बेतनभोगीलाई प्रशासन कार्यालयको तर्फबाट निर्देशन कार्यान्वयनका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

उनका अनुसार सरकारी साधनको प्रयोग गरी टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न, कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारबाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जालमार्फत शेयर गर्नेरगराउने कार्य बन्द गर्न निर्देशन दिइएको हो ।

कार्यालयको काम कारबाहीको विवरण जानकारी गराउँदा र सार्वजनिक गर्दा व्यक्तिगत प्रचारप्रसार र जस लिने आशयले नगर्न समेत प्रशासन कार्यालयले सबै सरकारी बेतनभोगी कर्मचारीलाई आग्रह गरेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू