सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध : अध्यक्ष दाहाल

14

इलाम, रासस — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् । इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था सुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गरे।

अध्यक्ष दाहालले गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेभन्दै नेता केन्द्रित र गुट केन्द्रितले आफैलाई सक्ने भएकाले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्नेबताए ।

उनले आफ्नो उद्देश्य अन्तर्रा्ष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्रा्ष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताए । ’म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु,’ उनले थपे, ’कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।’

दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको दाबी गरे । उनले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागे पनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताए ।

समाचार वर्गहरू