साग पुरूष फुटबल : भुटान विरुद्ध नेपालको शानदार जित

17

(काठमाडौं) – दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करण अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई ४–० को गोल अन्तरले पराजित गरको हो ।

दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा नेपालको तर्फबाट कप्तान सुजल श्रेष्ठले पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५० औं मिनेटमा सुजलले नै अर्को गोल थपे । तेस्रो गोल अभिषेक रिजालको नाममा रह्यो । उनले ६६ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ७७ औं मिनेटमा मिक्चेन तामाङले चौथो गोल गरे । उनले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक मार्फत् गोल गरेका थिए ।

जितसँगै नेपालले १ खेलमा ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासाग खेल्नेछ । भुटानले पर्सि बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

पहिलो खेलमा भुटानले बंगलादेशलाई १-० ले हराएको थियो । राउण्ड रोबिनको आधारमा जारी पुरुषतर्फ शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

समाचार वर्गहरू