सामुहिक र साझा प्रयत्नबाट जातिय कुरीति र कुसंस्कारको अन्त्य गर्नु पर्छ : कांग्रेस सभापति गगन थापा

5

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज (आइतबार) समता दिवस ७४ वर्ष अगाडि विसं २००९ साल जेठ १०/१२ गते जनकपुरमा सम्पन्न कांग्रेसको पाँचौं महाधिवेशनबाट ‘दलित समुदायले भोग्नु परेको जातीय छुवाछत र विभेदलाई नेपाली कांग्रेसले दण्डनीय र सामाजिक अपराध’ घोषणा गर्दै विभेद गर्नेहरूलाई पार्टीको सदस्यता नदिने निर्णय लिएको ऐतिहासिक अग्रसरतालाई स्मरण गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गरि जातीय छुवाछूत र कुरीति हटाउनु पर्दछ भनि भक्तबहादुर अमात्य र रामकुमार जीवन मित्र प्रस्तावक र बासुदेव कहार, ईश्वरमान थोकर र गणेशमान सिंह समर्थक भई प्रस्ताव पारित गरेको समेत उल्लेख गरेका छन् । कांग्रेसको २०६७ मा सम्पन्न १२ ओैं महाधिवेशनबाट प्रत्येक वर्ष जेठ १० गते ूराष्ट्रिय समता दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका छन् ।

२०६३ जेठ २१ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको सरकारले प्रस्ताव पेश गरी पुनर्स्थापित प्रतिनिधि सभाबाट जातीय भेवभाव र छुवाछूत मुक्त राष्ट्र घोषणा, त्यसकै जगमा नेपालको अन्तरिम संविधानमा दलित समुदायको अधिकारका सबालमा गरिएको व्यबस्था र प्रतिनिधि सभाबाट जातीय भेदभाव र छुवाछूत (कसुर र सजायँ) ऐन २०६८ पारित र संविधान सभाबाट बनेको संविधानमा दलित समुदायको अधिकार लिपिवद्ध भएका उनले उल्लेख गरेका छन।

 

जुन ऐतिहासिक उपलब्धि भएको समेत उल्लेख गरिएको छ । कांग्रेस नेपाली समाजमा व्याप्त जातीय भेदभाव र छुवाछूत, कुरीति तथा कुसंस्कारको समूल अन्त्य गरिनु पर्दछ भन्नेमा स्थापनाकालिनदेकी नै दृढ बिश्वास राख्दै आएको समेत उनले उल्लेख गरेका छन् । यो समस्या सामाजिक रुपमा मानवीय अपराध र कानुनीरुपमा दण्डनीय अपराध हो। यो समस्या कुनै एक जाति वा समुदायको मात्र नभई सिंगो राष्ट्रको समस्या हो।

सवैको सामुहिक र साझा प्रयत्नबाट मात्र यो कुरीति र कुसंस्कारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्ने हाम्रो बिश्वास रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। त्यसका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्न पूर्ण प्रतिबद्ध रहेको समेत उनले जनाएको छन। उनले अगाडी विज्ञप्तिमा लेखेका छन्, ‘दलित समुदाय माथि भएको सबै प्रकारको जातीय विभेद, अपमान, असमानता तथा अमानवीय व्यवहारको अन्त्यका लागि संविधान प्रदत्त अधिकारको पूर्णरुपमा कार्यान्वयनका लागि सरकारले विषेश अग्रसरता लिनुपनु पर्ने छ ।’

उनले त्यसका लागि सरकारलाई आग्रह गर्दै जातीय छुवाछुत मुक्त स्थानीय तह बनाउने अभियानको नेतृत्व लिन स्थानीय सरकारहरूलाई अपील समेत गरेका छन् । उनले संविधानमा लिपिवद्ध अधिकार कार्यान्वयन र अन्य ऐनाम आवश्यक संशोधन तथा दलित समुदायको उत्थान, आत्मसम्मान र मूलप्रवाहीकरणका लागि नेपाली कांग्रेस नेतृत्वदायी भुमिका निर्वाह गर्न आजको दिन प्रण गरेको समेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

समाचार वर्गहरू