काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकबीच सेवा प्रवाह विकेन्द्रीकरण गरी स्थानीय तहबाटै कर सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार समझदारी-पत्र (एमओयू)मा हस्ताक्षर गरिएको छ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्माका अनुसार समझदारीसँगै अब स्थायी लेखा नम्बर (प्यान) दर्ता, कर चुक्ता, करसम्बन्धी सिफारिसलगायतका सेवा हेलम्बु गाउँपालिकाबाटै उपलब्ध हुने भएका छन्। यसले स्थानीय नागरिक तथा व्यवसायीलाई सेवा लिन टाढा धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको उनले बताए ।
सोमबार समझदारी-पत्र हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्मा, प्रमुख कर अधिकृत अनमोलकुमार दाहाल, प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तान, वडा नं १ का वडाध्यक्ष दावा ग्याल्जेन लामा लगायत जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाको उपस्थिति थियो। ‘संघीयताको मर्मअनुसार सेवा नागरिकको नजिक पुर्याउने लक्ष्यसहित समझदारी गरिएको छ, अब करसम्बन्धी सेवा लिन धुलिखेल जानुपर्ने बाध्यता अन्त्य हुनेछ,’ उनले भने ।
उक्त समझदारीसँगै अब स्थायी लेखा नम्बर (PAN) दर्ता, कर चुक्ता, करसम्बन्धी सिफारिस तथा अन्य राजस्व सेवा हेलम्बु गाउँपालिकाबाटै उपलब्ध गराइने भएको छ, जसले स्थानीय नागरिक, व्यवसायी तथा सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हस्तान्तरण कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्मा, आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कर अधिकृत अनमोलकुमार दाहाल, हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेनिबहादुर मोक्तान, हेलम्बु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष दावा ग्याल्जेन लामा, साथै गाउँ कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू, कर्मचारीहरू तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
यस कार्यक्रमसँगै हेलम्बु गाउँपालिका बागमती प्रदेशभित्र स्थानीय तहबाट कर सेवा सञ्चालन गर्ने पहिलो गाउँपालिका बन्न सफल भएको छ भने देशभरका ७५३ स्थानीय तह मध्ये कर सेवा विस्तार गर्ने क्रममा ५०औँ स्थानमा पुग्न सफल भएको जानकारी कार्यक्रममा दिइएको थियो।