सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली

33

काठमाडौं – मन्त्रिपरिषद् बैठकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई सरूवा गरेको छ । उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका ज्ञवालीलाई सीआईबी पठाएर उनको ठाउँमा बज्राचार्यलाई लगिएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कार्बाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सीआईबीको नेतृत्व हेरफेर गरेको हो ।

बैठकपछि सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिइन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू