सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो

42

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको भाउमा आएको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर आज प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार पनि सुनको भाउमा तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार १२० रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी एक हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

समाचार वर्गहरू