स्याङ्जामा क्षमताभन्दा बढी कैदीबन्दी

42

वालिङ – जिल्ला कारागार स्याङ्जामा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैदीबन्दी विभिन्न समस्या भोग्न बाध्य छन् । ५० जनाको क्षमता भएको कारागारमा १५७ कैदीबन्दी भएपछि कैदीबन्दीलाई खानेपानी, शौचालय, सुत्ने ठाउँ लगायतका अत्यावश्यक कुराहरुको अभाव भएको छ ।

कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या बढी भएकाले कैदीबन्दीहरुले यस्ता समस्या भोग्नु परेको कारागार प्रमुख चूडामणि भण्डारीको भनाई छ । कारागारको अवस्थाका बारेमा आफुले सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको उनले बताए ।

शौचालय जानसम्म कैदीबन्दीलाई एक घण्टाभन्दा बढी कुर्नुपर्ने बाध्यता छ ।

कारागारको साँघुरो संरचना र कैदीको बढी संख्याका कारण कैदीबन्दीले लामो समयदेखी यस्ता विभिन्न प्रकारका समस्याहरु झेल्दै आइरहेका छन् ।

समाचार वर्गहरू