हवाई गस्तीकालागि हेलिकप्टर तयारी अबस्थामा रहेको छ : केन्द्रीय सुरक्षा समिति

2

काठमाडौं । विहिबार हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा सरकारले हवाई गस्ती गर्ने गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।

बुधबार बैठकले बैठकले भोलि (विहिबार) निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयलयले जनाएको छ । मन्त्रालयका अनुसार हवाई गस्ती, हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय भएको समेत बताइएको छ ।

बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विषयमा छलफल भएको छ ।यसअघि आजै बिहान मात्रै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जुम मिटिङमार्फत सम्पर्क गर्दै मन्त्री अर्यालले वस्तुस्थिती बुझेका थिए ।

समाचार वर्गहरू