हाँस्य कलाकार सागर लम्साल (बले)माथि बलात्कारको आरोप

94

काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) माथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा बस्दै आएकी एक युवतीले फेसबुकमा लामो कथा लेख्दै केही वर्षअघि आफू लम्सालबाट बलात्कृत भएको खुलाउदै सो आरोप लगाइएको छ । ती युवतीले आफू डिप्रेसन र एन्जाइटीसँग संघर्ष गरिरहेको पनि जानकारी गराएकी छन् ।

लम्साललाई लामो समयदेखि ‘दाइ’ भन्दै आएको र उनले एक वर्षअघि कार्यक्रमको लागि अमेरिका पुग्दा आफ्नो अपार्टमेन्टमै आएर बलात्कार गरेको ती युवतीको आरोप छ । ‘कुराकानी हुँदै जाँदा उहाँले तिमी बसेको ठाउँ हेरौँ न त भन्नुभयो, अनि मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने र दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ‘, उनले भनेकी छन्, ‘मलाई थाहा थिएन, जसलाई म दाइ मान्थे र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो मानिस त एउटा राक्षस रहेछ, म बलात्कृत भएँ ।’

कलाकार लम्सालले आफ्नो जीवन बर्बाद पारेको ती युवतीको गुनासो छ । परिवारसँग माफी माग्दै भनेकी छन्, ‘आज अलि हिम्मत आयो र यो लेखेँ, मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन, तर जसले मसँग यस्तो गलत गर्‍यो, उसले आफ्नो कर्मको परिणाम भोग्नैपर्छ, भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस् ।’ स्मरण रहोस्, विभिन्न म्युजिक भिडियोमा मोडलिङसमेत गरेका कमेडियन लम्सालले एक वर्षअघि झापाकी स्नेहा दंगालसँग काठमाडौँको चावाहिस्थित दियो पार्टी प्यालेसमा धुमधामले बिहे गरेका थिए ।

समाचार वर्गहरू