हुलाक कार्यालय बझाङका प्रमुख र खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा

72

(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख र खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार अभियोगमा आयोगले कार्यालयका प्रमुख रणबहादुर कठायत र सोही कार्यालयका खरिदार रहेका शिवाराज उपाध्यायविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा कठायत र सोही कार्यालयका खरिदार उपाध्यायविरुद्ध मुद्दा दायर आयोगले जनाएको छ ।

सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत उनीहरुले दुई करोड ९४ लाख ८९ हजार ९७१ रुपैयाँ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरुविरुद्ध बिगो असूल गरी कैद सजायको समेत माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

समाचार वर्गहरू