काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक(एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा पुष्पराज मल्ल, मर्धराज भण्डारी, रविन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ रहेका छन् ।
यसैगरी, मानबहादुर राई, मोहनबहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दीपककुमार भारती रहेका छन् ।
को को भए बढुवा सिफारिस ?

