७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

85

काठमाडौं – सरकारले दुईवटा मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी गराएका हुन्।

उनका अनुसार महिला बालबालिका तथा  ज्येष्ठ नागरिका मन्त्रालयअन्तर्गतका कार्यालय तथा कार्यक्रमहरूका लागि आर्थिक वर्ष  २०८१/८२ का लागि आवश्यक राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तरगतका  लागि आर्थिक वर्ष २०८१/८२ का लागि राजपत्रांकित श्रेणी वा सो सरहका ५९ अस्थायी दरबन्दी  स्वीकृत गर्ने निर्णय गरेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू