(सिन्धुपाल्चोक) – इन्द्रावति गाउँपालिकाका १जनाको पि सि आर रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा आर डि टि परिक्षण गर्दा पोजेटिभ अर्थात कोरोना भएको देखाएपछि स्वाब संकलन पि सि आर परिक्षणका लागि काठमाडौ पठाइएको थियो ।
उनकोे परिक्षणमा रिपोर्ट कोरोना नभएको आएको इन्द्रावति गाउँपालिकाले विज्ञप्ति निकालेर जानकारी दिएको छ । गत जेठ ७ गते भरतपुर क्यान्सर अस्पतालबाट इन्द्रावती गाउँपालिका वडा नम्बर ४ उनि आएका थिए । कोरोनाको आशंकामा उनलाइ पि सि आर परिक्षणका लागि नमूना संकलन गरी आइसोलेसनमा राखिएको थियो ।
यसका साथै आर डि टि रिपोर्ट पोजेटिभ आएपछि सिल गरिएको इन्द्रावति गाउँपालिकाको वडा नम्बर ४ लाई आज बाट फुकुवा गरिएको छ ।