स्थानीय स्तरबाटै बिकास योजनाको माग गर्न हेलम्बुको अनुरोध

21

(सिन्धुपाल्चोक) – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले निति तथा कार्यक्रममा नागरिक प्रत्यक्ष लाभान्वित हुने योजनाको नागरिकस्तरबाटै माग गरेको छ । नागरिकको आवस्यकता र महत्त्वलाई प्राथमिकता दिने क्रममा जनस्तरबाट प्राप्त गुनासोको सम्बोधन गर्दै हेलम्बुले यस्तो निर्णय गरेको हो ।

हेलम्बु गाउँपालिकाले सार्वजनिक सुचना जारी गर्दै आवश्यक योजना कार्यक्रमको नाम, लागत अनुमान साथै उक्त योजनाको औचित्य समेतलाइ लिखित रुपमा माग गरेको हो ।

नागरिकले आफुलाई परेको समस्यामध्ये प्राथमिकताका आधारमा योजना माग गर्दा त्यो भोलिको कार्यान्वयनको चरणमा प्रभावकारी हुने हेलम्बु गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् ।जनस्तरबाट माग भइआएको योजनाको सम्बोधन हुँदा त्यो दिगो र उपयोगी हुने भएकोले यस्तो निर्णय गरिएको अध्यक्ष शेर्पाले बताए ।

समाचार वर्गहरू