न्युरोड क्षेत्रमा ब्यापारी र प्रहरीबीच झडप

32

(काठमाडौं) – काठमाडौंको न्युरोड क्षेत्रमा खुलेका पसल प्रहरीले बन्द गराउन थालेपछि ब्यापारी र प्रहरी बीच सामान्य झडप भएको छ । मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए । व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् ।

सरकारले आधिकारिक रूपमा निर्णय नगरेको भएतापनी ब्यापारी हरुले ब्यबसायी महासंघको आडमा गत २५ गतेदेखि पसल खोल्दै आएका छन् । स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

समाचार वर्गहरू