जसपामा एक व्यक्ति–एक पदको प्रस्ताव

20

काठमाण्डौं –  जनता समाजवादी पार्टी नेपालले एक पद–एक व्यक्तिको नीति अंगीकार गर्ने भएको छ । बुधबारदेखि सुरु जसपा पहिलो कार्यकारणी समितिको बैठकमा पेस हुन थालेको समायोजनसम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव अगाडि सारिएको छ । राजपा र समाजवादी पार्टी एकीकरणपछि बनेकोजसपाको विधानले ‘एक व्यक्ति–एक पद’को व्यवस्था गरेको छ ।

वरीयता विवाद कायमै रहेको वेला पार्टीले केन्द्रदेखि वडासम्म ‘एक व्यक्ति–एक पद’ लागू गर्न लागेको हो । केन्द्रमा अहिले महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा रहेको ५१ सदस्यीय कार्यकारणी समिति छ, जहाँ तीनजना वरिष्ठ नेता छन् । अन्य पदाधिकारी भने अब टुंग्याउने जसपाले जनाएको छ ।

समायोजन निर्देशिकाले मंसिरभित्र केन्द्रदेखि वडा तहसम्मको पार्टी समायोजन काम सिध्याउने खाका बनाएको छ । सबै तहका समितिहरू समायोजन गर्दा सकभर सहमतिको आधारमा गर्नुपर्नेसमेत उल्लेख छ । सहमति नभएमा मात्रै निर्वाचन प्रक्रियामार्फत पार्टीको विधानले गरेको व्यवस्थाअनुसार समिति बनाउने भनिएको छ । पार्टी एकीकरण हुँदा एकीकृत पार्टीमा सबै ठाउँमा बराबरीको हिसाबले एकीकरण गर्ने सहमति थियो ।

वरीयता विवाद कायमै रहेको वेला पार्टीले केन्द्रदेखि वडासम्म ‘एक व्यक्ति–एक पद’ लागू गर्न लागेको हो । केन्द्रमा अहिले महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा रहेको ५१ सदस्यीय कार्यकारणी समिति छ, जहाँ तीनजना वरिष्ठ नेता छन् । पार्टीले लक्ष्मणलाल कर्ण, सवेन्द्रनाथ शुक्ला, राजेन्द्र श्रेष्ठ र नवराज सुवेदीको चार सदस्यीय कार्यदल बनाएर पार्टीको समायोजनसम्बन्धी निर्देशिका तयार पारेको छ ।

बुधबारको पहिलो दिनको बैठकमा परिचयात्मक कार्यक्रम मात्रै भएको जसपाका एक नेताले बताए । कार्यकारिणीका ५१ मध्ये मंगलबार ४१ सदस्य सहभागी थिए । पहिलो दिन राजनीतिक पृष्ठभूमिसहित प्रत्येकले १० देखि १२ मिनेट खर्चिएर आफ्नो परिचय दिएका थिए । बैठकमा केन्द्रीय कार्यकारणी समितिका नेतालाई प्रशिक्षण दिने कार्यक्रम पनि छ । १० वैशाखमा पार्टी एकीकरण गरेको जसपाले २८ असारमा मात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।

समाचार वर्गहरू