नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण, एकैदिन नौ जनाको मृत्यु

18

काठमाण्डौं – पछिल्लो २४ घन्टामा देशभर थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसमेत हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार एक सय १७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ हजार पाँच सय १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको बताए । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ५० पुगेको छ । निको हुने दर ५९ प्रतिशत र मृत्युदर  शुन्य दशमलब पाँच प्रतिशत रहेको प्रवक्त्ता गौतमले जानकारी दिए ।अहिले सक्रिय संक्रमित  १२ हजार ६ सय २१ जना छन् ।

यसैगरी कोरोनाको संक्रमणका कारण ६ वर्षीया बालिकासहित नौजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीकी ६ वर्षीया बालिकासहित नौजनाको मृत्यु भएको हो । सुनसरीका अर्का ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । त्यसैगरी पर्साका तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमो ६१, ५८ र ४८ वर्षीय पुरुष छन् ।

बाराका ५८ वर्षीय पुरुष, सिरहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसमेत हालसम्म नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय ४६ पुगेको छ ।

 

समाचार वर्गहरू