कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीको अपिल

36

सुर्खेत – कर्णाली प्रदेशसभाको सातौं अधिवेशन शुक्रबार दिउँसो २ बजे बस्दैछ ।उक्त बैठकमा मुख्यमन्त्री महेन्द्रबहादर शाहीले विश्वासको मत लिने कार्यतालिका तय भएको छ । सोही अनुसार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन् ।

चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।

 

समाचार वर्गहरू