नुवाकोट – समाजसेवामा सक्रिय यशाेदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले नुवाकोट जिल्लाका विभिन्न स्थानिय तहमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
ट्रस्टले म्यागङ गाउँपालिका ,किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका लाई ३/३ स्थान गरि अक्सिजन कनसनटेटर ९ थान, माक्स १० हजार, पिपिई २५ थान, ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा बिहिबार सम्वन्धित स्थानिय तहका प्रमुख उप -प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले एक कार्यक्रम विच हस्तान्तरण गरेका हुन् ।
यस अघि बुधबार दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको ट्रस्टका महासचिव एवं नेपाली कांग्रेस नुवाकोटका सभापती जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।
उनका अनुसार सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्राथमिक स्वास्थ्य केन्द्र ,खरानिटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिना सम्म दैनिक ५/५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराईरहेको छ ।
साथै खरानिटार अस्पतालका स्वास्थ्यकर्मीहरुको लागी N 95 sahit सर्जिकल माक्स ,प्राथमिक स्वास्थ्य केन्द्र देउराली लाई २५ सय थान सर्जिकल माक्स र सेनिटाइजर तथा त्रीशुली अस्पतालमा ५ हजार सर्जिकल माक्स र n 95 ५ सय थान उपलव्ध गराएको नेता केसीले बताए ।
उनका अनुसार जिल्ला को एकमात्र पुरानो अस्पताल त्रीशुलि अस्पताल लाइ दुइ icu बेड उपलब्ध गराउने पत्रपनि सोहि अस्पताल का प्रमुख लाइ हस्तान्तरण गरिएको छ ।