इन्दिरा थापा/नुवाकोट – नुवाकोटमा नेपाली काङ्ग्रेसको राष्ट्रिय रुपमा थालिएको “घर घरमा जाउँ काङ्ग्रेस जिताउँ” अभियान नुवाकोटमा सुरु भएको छ ।
नुवाकोटको विदुरबाट आइतबारदेखि सुरु गरेको अभियान जिल्लाका १२ वटै स्थानीय तहमा चल्ने नेपाली काङ्ग्रेस नुवाकोटले जनाएको छ ।
हालसम्म विदुर नगरपालिका, लिखु गाउँपालिका,शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका लगायत क्षेत्रमा तत्काल सो कार्यक्रम अगाडि बढाइएको नेपाली काङ्ग्रेस नुवाकोट जिल्ला सभापति रमेशकुमार महतले बताए ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं अभियानका लागि केन्द्रिय प्रतिनिधि मदन अमात्यको प्रमुख आतिथ्यतामा सुरुवात गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका पूर्व सभापति ध्रुव अधिकारी, नेता केदारनरसिंह केसी, प्रदेश स्वास्थ्य राज्य मन्त्री कल्पना नेपाली लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे ।