काठमाडौं – मेलम्ची खानेपानीको मुहान रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले काठमाडौंमा पानी पठाएवापत लेबी रकम पाउने भएको छ ।
विगत लामो समयदेखि मेलम्ची खानेपानी लेबीको विषयमा हेलम्बु गाउँपालिका र मेलम्ची खानेपानी विकास समितिबिच मत बाझीएको थियो ।
यसैबिच मेलम्चीखानेपानी विकास समितिले गत मंसिर २ गते खानेपानी मन्त्रालयलाई लेखेको पत्र मंसिर १० गते मन्त्रालयबाट आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाएपछी हेलम्बु गाउँपालीकाले लेबि पाउने भएको हो ।
मन्त्रालयका सचिव ज्यु हेलम्बु गाउँपालीका अध्यक्ष ज्यु र मेलम्ची खानेपानी बाढी पिडित संघर्ष समतिसँग भएको सहमति अनुसार स्थानिय तहबाट पानी बिक्रीको २५ प्रतिशत रकम माग भएकोमा खानेपानी मन्त्रालय र सरोकारवालाबिच पुन: छलफल गरी ३ महिना भित्र टुङ्ग्याउने र पुनर्भरण कोष नियमावलीलाई यथाशिघ्र अघी बढाइने पत्रमा उल्लेख गरीएको छ ।
हेलम्बु गाउँपालीका अध्ययक्ष निमा ग्याल्जेन शेर्पाले आफु गाउँपालीका अध्यक्ष निर्वाचित भएको सुरुवाती देखीनै गाउँपालीकाले मेलम्ची खानेपानी बिकास समितिले उपत्यकामा पानी बिक्रीगरेवापत प्राप्त मु्ल्यको २५ प्रतिशत रकम पाउनुपर्ने अडान राख्दै आएका थिए । तर उपत्यकामा निशुल्क पानी वितरण गर्ने हो भने हेलम्बुले पनि कुनै शुल्क नलिने उनको स्पष्ट धारणा थियो ।
यो पटक भने हेलम्बु जनताको आवाज सरकारले केहिहदसम्म सुनुवाई गरेको बताउँदै अध्यक्ष शेर्पाले भने “वास्तविक पिडितको पक्षमा बोल्दै आएकोमा ढिलोगरी भएपनी राज्यले केहि सुनुवाइ गर्ने प्रकृयामा अघी बढाएको छ । यसलाई कार्यान्वयनको चरणमा न पुर्याउँदासम्म हामी निरन्तर लागीरहने छौं ।”