धनगढीका मेयर हमाललाई मस्तिष्क घात,उपचारकालागि भारत रिफर

35

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घात भएपछि उनको उपचारकालागि भारत रिफर गरिएकोे छ । मस्तिष्क घातभएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए शनिबार उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको बताए । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।

समाचार वर्गहरू