(काठमाडौँ) – संसदमा आइतबारदेखि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल सुरु भएको छ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भनेर चौतर्फी विरोध भइरहेको छ ।
भारतले नेपाली भूमि अतिक्रमण गरेपछि सुरु भएको विरोधपछि परराष्ट्रमन्त्री ज्ञवालीले आजको संसदमा जवाफ दिन लागेका हुन् । साथै दलका शीर्ष नेताहरुले विशेष समय लिएर बोल्ने कार्यसूची छ ।