अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

45
फाइल फोटो

(काठमाडौं) – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपाका एक नेताले बताए । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सभामुखको उम्मदवारमा सापकोटाको नाम प्रस्ताव गरेका थिए । त्यसपछि सचिवालयले उक्त प्रस्ताव पारित गरेको थियो ।

त्यसअघि आइतबार बिहान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई र दाहालले सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए । दुबै अध्यक्षको अडानका कारण प्रतिनिधिसभा साढे तीन महिना सभामुख बिहीन रह्यो ।

समाचार वर्गहरू