काठमाडौं – पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद छताछुल्ल भएको छ। सोमबार दु्ई छुट्टा छुट्टै स्थानमा गाँउपालिका कार्यालयको भवनको शीलन्यास गरेका छन्।
एउटै पालिकाको भवन निर्माणका लागि अध्यक्ष र उपाध्यक्षले दुई छुट्टा छुट्टै भवन निर्माणका लागि भन्दै शिलान्यास गरेपछि दुवै जनाबीचको विवाद झन छताछुल्ल भएको हो।
सोमबार बिहान ८ बजे उपाध्यक्ष चौधरीले केही वडाअध्यक्ष र राजनीतिक दलका स्थानीय नेताहरुलाईसँगै राखेर वडा नम्बर २ मा रहेको ९ कठ्ठा सार्वजनिक जग्गामा गाँउपालिका कार्यालयको शिलान्यास गरेकी छिन्।
सोमबार नै दिउँसो अध्यक्ष जयसवालले पनि वडा नम्बर २ पचगावा बजार छेउँकै अर्को जग्गामा गाँउपालिका कार्यालय भवनको शिलन्यास गरेका छन्। गाँउपालिका भवन निर्माणका लागि अध्यक्ष जयसवालले गाँउपालिकालाइ नि:शुल्क दान दिएको ९ कठ्ठा २ धुर जग्गामा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवबाट भवनको शिलन्यास गराएका हुन्।
दुवै जना तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन्। अहिले उनीहरु दुवै जना हालको जसपामै छन्।
सोमबार नै दिउँसो अध्यक्ष जयसवालले पनि वडा नम्बर २ पचगावा बजार छेउँकै अर्को जग्गामा गाँउपालिका कार्यालय भवनको शिलन्यास गरेका छन्। गाँउपालिका भवन निर्माणका लागि अध्यक्ष जयसवालले गाँउपालिकालाइ नि:शुल्क दान दिएको ९ कठ्ठा २ धुर जग्गामा जसपा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवबाट भवनको शिलन्यास गराएका हुन्।
यसअघि आइतबार गाँउपालिकाको कार्यालयमा उपाध्यक्ष चौधरीको अगुवाइमा त्यहाँका राजनीतिक दलहरुले तालाबन्दी पनि गरेका छन्।